काठमाडौं । काठमाडौं महानगरपालिकाले वटा सरकारी कार्यालयलाई बहाल कर तिर्न पत्र काटेको छ । विहीबार सुचना जारी गर्दै महानगरले यस्तो बताएको हो ।
महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस रहेका छन् ।
त्यस्तै, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पस लाई बहाल कर बुझाउन भन्दै महानगरले पत्र काटेको हो ।

