काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र बनाएको अनाधिकृत भवन तथा पर्खाललाई हटाउन दिए ९० दिनको समय दिएको छ । महानगरले सुचना जारी गर्दै नक्सा पास नभएका भवन हटाउन ९० दिनको समय दिएको छ भने पर्खाल हटाउन ३५ दिनको समय दिएको छ ।
प्रचलित भवन निर्माण सम्वन्धी अनरुप भवनको नक्सा पास नभएको भए ९० दिन भित्र नक्सा पास भनिएको छ । महानगरको नियम विपरीत हुन गएमा कार्यालयको निर्णयअनुसार कारवाही गरिने महानगरले जनाएको छ ।
त्यस्तै, अर्को सूचना जारी गर्दै महानगरले भवनको मात्रै नभएर सीमा पर्खालको नक्सा पनि पास गर्नुपर्ने बताएको छ । यस्ता पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न भनिएको छ ।
मापदण्डविपरीतका सीमा पर्खाल नक्सा पास नगरिए महानगरले भत्काउने सूचनामा उल्लेख छ । यसरी हटाउँदा लागेको खर्च पनि घरधनीबाटै असुल्ने महानगरको चेतावनी छ ।



