images
images

मन्त्रिपरिषद्को निर्णय : दक्षिण कोरियाले दिने ८ मिलियन डलर अनुदान स्वीकार गर्ने


  • 560
    SHARES
  • २०७९ भाद्र २२ गते बुधबार

    मन्त्रिपरिषद्को निर्णय : दक्षिण कोरियाले दिने ८ मिलियन डलर अनुदान स्वीकार गर्ने

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्ले विभिन्न २६ निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो  निर्णय गरेको हो । नेपाल सरकारले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनःएकीकरणसम्बन्धी आयोजना सञ्चालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर (करिब १ अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ ।

    नेपाल सरकार र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी बिच हुने कन्ट्र प्रोमग फ्रेम वर्क २०२२ देखि २०२७ स्वीकृत गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको छ ।

    सरकारले आगामी असोज ७ देखि ११ गतेसम्म आएइएको अष्ट्रियाको भियनामा हुने कार्यक्रममा सहभागी हुन मन्त्री पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णयसमेत भएको छ ।

    त्यस्तै,बैठकले आगामी कात्तिक २८ देखि ३० गतेसम्म उज्बेकिस्तानमा आयोजना हुने ‘वल्र्ड कन्फेरेन्स अन अर्ली चाइल्डहुड केयर एण्ड एजुकेशन’ सम्बन्धी कार्यक्रममा शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादवलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    सरकारले नेदरल्याण्ड्स र बेल्जियममा आगामी असोज २४ देखि २८ गतेसम्म सञ्चालन हुने ‘इन्टरनेशनल स्टडी टुर टु द युरोपियन युनियन’ विषयक कार्यक्रममा शिक्षा सचिव रामकृष्ण सुवेदीलाई सहभागी हुन स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

    त्यस्तै, यही भदौ २७ देखि २८ गतेसम्म सिङ्गापुरमा आयोजना हुने ‘इन्टरपोल राउडण्टेबल एङ्गेजमेण्ट’ कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले जानकारी दिए ।

    यसैगरी आगामी कात्तिक १८ देखि २१ गतेसम्म भुटानको पारोमा आयोजना हुने सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई यही भदौ २० देखि २३ सम्म जोर्डनमा आयोजना हुने कार्यक्रममा भाग लिन स्वीकृति दिएको छ ।

    यसैगरी निजीकरण समितिको सदस्यमा राजेन्द्रकुमार केसी र कृष्णलाल महर्जनलाई मनोनयन गर्ने निर्णय गरिएको छ । बैठकले आगामी असोज १० देखि १४ गतेसम्म फिलिपिन्सको मनिलामा हुने एसियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५५औँ वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

    सरकारले नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति सहसचिवस्तरीय अन्तरसरकारी उपसमितिको बैठकका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले आगामी कात्तिक १४ देखि १८ गतेसम्म क्यानडाको मन्ट्रियलमा हुने कार्यक्रममा नेपाल सरकारको तर्फबाट भाग लिन उद्योग सचिवलाई स्वीकृति दिने निर्णय गरेको छ ।

    त्यस्तै, आगामी असोज २७ देखि कात्तिक २ गतेसम्म अमेरिकामा सञ्चालन हुने कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सहभागी हुन स्वीकारी दिने निर्णय गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०७९/८० का लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने विभिन्न अधिकृत तहको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

    भारतीय विदेश सचिवको निमन्त्रणामा परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वको प्रतिनिधिमण्डललाई भदौ २८ देखि २९ गतेसम्म भारत भ्रमणमा जान स्वीकृति दिने सरकारको निर्णय छ । बैठकले मलेसियाको क्वालालम्पुरमा आगामी असोज ४ देखि ७ गतेसम्म हुने कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई सहभागिताका लागि स्वीकृत दिने निर्णय गरेको छ । 


    images
    images

    Logo