images
images

तरलता अभाव कम गर्न राष्ट्र बैंकले २० अर्ब बजारमा पठाउँदै 


  • 408
    SHARES
  • २०७९ भाद्र २२ गते बुधबार

    तरलता अभाव कम गर्न राष्ट्र बैंकले २० अर्ब बजारमा पठाउँदै 

    काठमाडौं । तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकले बुधवार सुचना जारी गर्दै बिहिवार रिपो मार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो ।

    बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले बिहिहवार १४ दिने रिपो जारी गर्न लागेको हो। उक्त रिपो असोज ६ गते परिपक्‍व हुनेछ । 

    इच्छुक क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्रक्रिया पुर्याएर रिपोका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । सो आवेदन बिहीबार ३ बजे  भित्र दिइ सक्नुपर्नेछ ।

    राष्ट्र बैंकले बैंकहरुमा तरलताको समस्या भएपछि रिपो मार्फत तरलता व्यवस्थापन गर्न वित्तीय बजारमा उक्त रकम पठाउन लागेको हो । 


    images
    images

    Logo