काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना कुनै पनि देशले काम गर्न नसक्ने बताएका छन्। उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीहरुले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुपर्ने बताएका हुन् ।
उनले १९ औँ निजामति सेवा दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताए । उनले नेताहरू चुनाव जितेर सरकारमा आउने र निश्चित समय बस्ने तर कर्मचारी स्थायी सरकारका रूपमा लिइने पनि उनले बताए।
उनले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राखेका थिए । उनले भने कर्मचारीहरू त पेन्सनसम्म बस्नुहुन्छ। तर पनि काम भएको छैन, दुर्गती छ देशको। यसबारे हामीले व्यापक रूपमा छलफल गर्नुपर्छ। उनले कर्मचारीहरू दुर्गममा खटायो भने काम गर्न नजाने पनि बताए। उनले कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको बताएका थिए।
जुन काम गर्नुपर्ने हो । त्यो काम एकै कोठाबाट हुनुपर्दछ”, उनले भने, “एउटा फाइल अर्को कोठामा घुमाउँदा ३ दिन बित्छ । त्यसैले कार्यगत एकता प्रणालीमामार्फत काम हुनुपर्दछ । ” उनले सङ्घीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिने वित्तिकै संसद्मा टेबल गर्ने बताए । विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुङ्ग्याउने उनको भनाइ रहेको छ ।



