images
images

१२ जिल्लाको सीडीओ परिर्वतन, को कहाँ पुगे ?


  • 542
    SHARES
  • २०७९ भाद्र २२ गते बुधबार

    १२ जिल्लाको सीडीओ परिर्वतन, को कहाँ पुगे ?

    काठमाडौं । सरकारले १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिर्वतन गरेको छ । गृह मन्त्रालयले काठमाडौंसहितका १२ जिल्लाका सीडीओ परिवर्तन गरेको हो । 

    काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्याय आएका छन् । उनी ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए भने ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य पठाएकाे छ ।

     त्यस्तै,  काठमाडौंका प्रमुख जिल्ला अधिकारी  गोविन्द रिजाल भने मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा तानिएका छन् ।जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँलाई मन्त्रालय तान्दै त्यहाँ मुकेशकुमार केसरी खटाइएको छ । 

    दैलेख जिल्ला प्रशासनको जिम्मेवारी गोगन बहादुर हमाललाई दिइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायकमा पठाइएको छ ।बाँकेका सहायक टोपेन्द्र बहादुर के.सी.लाई इलाका प्रशासन कार्यालय सिमरा, पाँचथर सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरमा गणेश गैरेलाई सरुवा गरिएको छ ।  

    यसैगरी सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई उदयपुरको प्रमुख जिल्ला अधिकारी र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।


    images
    images

    Logo