काठमाडौं । सुनचाँदी बजारमा छापावाला सुनको मूल्य एकैदिन १ हजार रुपैयाँले घटेको छ । बुधवार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।
मंगलवार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।