images
images

सन्दीप प्रकरणमा प्रहरीको विज्ञप्ति : १७ बर्षीया नाबालिगमाथि पटक-पटक करणी


  • 591
    SHARES
  • २०७९ भाद्र २२ गते बुधबार

    सन्दीप प्रकरणमा प्रहरीको विज्ञप्ति : १७ बर्षीया नाबालिगमाथि पटक-पटक करणी

    काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबागिका बलात्कार गरेको आरोपमा जाहेरी परेको पुष्टी भएको छ । 

    जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर लामिछानेविरूद्ध मंगलबार जाहेरी दर्ता भएकोव पुष्टी गरेको हो । लामिछानेले १७ बर्षीया नाबालिगमाथि बलात्कार गरेको जाहेरी आएको प्रहरीको भनाइ छ ।

    लामिछानेले ती नाबालिगलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुम्न लगेका थिए । सोही मध्यराति आफूमाथि लामिछानेले पटक–पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंमा ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा ६ गते बिहान १२ः२५ मा पटकपटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी २१ भदौमा प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको छ ।’


    जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको छ । अनुसन्धानका लागि विभिन्न विधि र प्रविधि प्रयोग गरेर जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त टोली खटिएको विज्ञप्तिमा भनिएको छ । सन्दीप घटनाको भोलिपल्ट नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै केन्या गएका थिए ।

    केन्यामा पाँच वटा टी–२० क्रिकेट खेलेपछि उनी उतैबाट क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न जमैका गएका थिए । अहिले उनी त्यहीँ छन् ।


    images
    images

    Logo