images
images

पहिरो खस्दा खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध, बाटोमा सयौँ यात्रु अलपत्र


  • 488
    SHARES
  • २०७९ भाद्र २२ गते बुधबार

    पहिरो खस्दा खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध, बाटोमा सयौँ यात्रु अलपत्र

    काठमाडौं । पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । 

    आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए। उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन् । 

    इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने काम गरिरहेको छ । स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको कँडेलले बताए ।

     “बिहानैदेखि पहिरो खसिरहेको छ, झर्ने क्रम रोकिएको छैन”, गोलञ्जोर गाँउपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले भने । बाटोमा सयौँ यात्रु अलपत्र परेको उनले बताए । 


    images
    images

    Logo