काठमाडौं । नेपाल राष्ट्र बैंकले गर्यो एक लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैैंले २०७८ सालको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार सुपर लघुवित्त वित्तीय संस्थालाई समास्याग्रस्त घोषणा गरेको हो ।
राष्ट्र बैंकको स्थलगत विशेष निरीक्षणबाट सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुले संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गरेको हुँदा समस्याग्रस्त घोषणा गरेको हो ।
२०७८ चैत्र २ मा राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारवाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन समेत दिइएको थियो ।
संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएका कारण राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ राष्ट्र बैंकले जारी गरेको सुचना :



