काठमाडौं । सरकारले संघीय शिक्षा ऐन विधायन समितिमा अगाडि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । चार महिनादेखि अड्किएको उक्त विधेयक अर्थ र कानुन मन्त्रालयले राय र सुझावसहित शिक्षा मन्त्रालयलाई पठाएको थियो ।
लामो समयदेखि संघीय शिक्षा ऐन विधायन समिति अगाडी बढ्न नसक्दा शिक्षक, कर्मचारी, निजी विद्यालय, विश्वविद्यालय, प्राविधिक शिक्षा, विश्वविद्यालय, शिक्षक सेवा आयोगलगायतका निकायहरुमा समस्था आएको थियो । सो समस्यालाई समाधान गर्नेको लागि यो मन्त्रिपरिषद्ले विधायन समितिलाई अगाडि बढाउने निर्णय गरेको छ ।