काठमाडौं । सर्वोच्चको न्यायाधीशका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस परेका न्यायाधीशमाउच्च अदालतको मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यपाक डीएन पराजुली रहेका छन् ।
हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ । एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्था अनुसार हाल तीनजनाको नाम सिफारिस गरिएको हो ।