काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरी पनि १ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी विल आँफैले खरिद गरेको छ । सोमबार राष्ट्र बैंकले १ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी विल आफैले खरिद गरेको हो ।
बैंकले ९१ दिनको लागि ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिनको लागि २ अर्ब रुपैयाँ गरि ६ अर्ब २६ करोड रुपैयाँ ट्रेजरी विल बोलकबोलमा ल्याएको थियो । त्यसमध्ये ३६४ दिन अवधिको १ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी विल्स आफैले खरिद गरेको छ भने बाँकी रहेको ४ अर्ब ६६ करोड बैंकहरुले खरिद गरेका छन् ।
यस भन्दा पहिले पनि राष्ट्र बैंकले ५ पटक ट्रेजरी विल आफैले खरिल गरेको थियो ।केन्द्रिय बैंकले बिक्री गरेको ९१ दिन अवधिको ट्रेजरी विल्समा औसत ब्याजदर ९।०५ प्रतिशत कायम भएको छ भने ३६४ दिन अवधिको ट्रेजरी विल्समा ९.०३ प्रतिशत दर कायम भएको छ।



