काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सत्ता गठवन्धनको कार्यदलका एक सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले सीट बाँडफाँट न्यायोचित र सम्मानजक रुपले सम्पन्न हुने बताएका छन् ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग मन्त्रालयमा भएको भेटमा मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको उनले बताए । उनले भने ,‘गठबन्धन दलहरुको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ । गठबन्धन कसैका विरुद्ध नबनेको उनले दाबी गरे ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध रहेको उनले बताए । 'सीट बाँडफाँट न्यायोचित र स्वाभाविक रुपमा सम्पन्न हुन्छ,' उनले भने ।



