भक्तपुर । नेपाली कांग्रेसले भक्तपुर २ मा प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय समितिले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ जिल्ला सभापति दुर्लभ थापासहित चार जनाको नाम सिफारिस गरेको छ । जसमा नेताहरु विनोद कायस्थ, मदनकृष्ण श्रेष्ठ र कविर राणा छन् ।
भक्तपुर २(क)बाट प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवारका लागि उद्वव सिलवालसहित नौ जनाको नाम सिफारिस गरेको छ । जसमा नेताहरु विष्णु कार्की, सुमन कार्की, कृष्णमुरारी न्यौपाने, सुरेन्द्र केसी, दिपेन्द्र थापामगर, अंगद खड्का र कविन्द्र मिश्र समेत छन्