images
images

आजदेखि सरकारले सरुवा, बढुवा र नियुक्ति गर्न नपाउने


  • 488
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    आजदेखि सरकारले सरुवा, बढुवा र नियुक्ति गर्न नपाउने

    काठमाडौं । सरकारले आजदेखि कर्मचारीको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो ।  

    कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको थियो सो दिन पछि कुनैपनि काम गर्ने नपाउने भएको छ । आयोगले निर्वाचन तयारीको क्रममा नेपाल सरकार, प्रदेश सरकार र पालिकालाई विभिन्न खालको निर्वाचनसँग सम्बन्धित निर्देशनहरू दिँदै आएको छ । यसै सन्दर्भमा भदौ २ गते आयोगले सङ्घ, प्रदेश र पालिकाका कुनै पनि स्वीकृत दरबन्दीभित्र पद खाली छ भने त्यसलाई व्यवस्थापन गर्नका लागि भदौ २० गते सम्मको समय दिएको थियो ।

    निर्वाचन आयोगले चुनावको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आउँदो मङ्सिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुने भएको छ ।


    images
    images

    Logo