images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 934
    SHARES
  • २०७९ भाद्र १७ गते शुक्रबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । शुक्रवार छापावाला सुन प्रतितोला १ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य छापावाला भन्दा ५ सय रुपैयाँ कम हुनेगरी तोकिने चलन छ । त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    अन्तराष्ट्रिय बजारमा सुनको कारोबार मूल्यका आधारमा महासंघले स्थानीय बजारमा मूल्य निर्धारण गर्दै आएको छ । अन्तराष्ट्रिय मूल्य, डलर र नेपाली रुपैयाँको बिनिमयदर, नेपालको भन्सारदर एवं व्यवसायीको नाफा समेत जोडेर यस्तो मूल्य निर्धारण गर्ने गरिएको छ । 

     


    images
    images

    Logo