काठमाडौं । तीजको भोलिपल्ट सुनको मुल्यमा गिरावट आएको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



