images
images

पशुपति आसपासमा यस्ता बस्तु बिक्री वितरणमा रोक्यो प्रशासनले


  • 348
    SHARES
  • २०७९ भाद्र १३ गते सोमबार

    पशुपति आसपासमा यस्ता बस्तु बिक्री वितरणमा रोक्यो प्रशासनले

    काठमाडौं । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तीजलाई मध्यनगर गर्दै पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक लगाईएको छ  । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि नै लागू हुने गरी चारकिल्ला तोकेर मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन र सेवनमा रोक लगाएको हो । 

    गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशूपति क्षेत्रको पूर्व सीमानदेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथ देखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बाग्मतीदेखि दक्षिण क्षेत्रमा  मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

    पशुपति क्षेत्रमा सुरक्षा लगाएत धार्मिक, संस्कृति मर्यादा र पवित्रता कायम गर्ने उद्धेश्यले रोक लगाइएको प्रशासनको भनाई छ । 


    images
    images

    Logo