काठमाडौं । विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक भएको छ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको हो ।
इको चार्जिङ ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले इभी चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ ।
यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिब पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ मा इओ ले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६०,००० ओटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो । यसले सवारी साधान चार्ज गर्न सजिलो हुने छ ।
इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्न सकिने छ । कम्प्याक्ट चार्जरमा १ वर्षको वारेन्टी रहेको छ । यसको मूल्य ८५ हजार रुपैयाँ रहेको छ ।



