काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले भदौ ९ गते शतप्रतिशत हकप्रद निष्काशन गर्नको लागि बोर्डमा निवेदन दिएको हो ।
बैंकले कायम चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने) भएको हो ।
हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल रहेको छ ।