काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९ सय ५९ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २ सय ४२ जना, फुटपाथमा पार्किङ गर्ने २ सय १५ जना, अनावश्यक हर्न बजाउने २ सय ९ जना, तीव्र गतिमा सवारी साधन चलाउने १ सय ९३ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९१ जना सवारी चालक रहेका छन् ।
यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ८३ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना, लेन उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने ६० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३० जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।