काठमाडौं । साताको पहिलो दिन सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । भने चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



