images
images

बालेनको कदमबारे सुनिताले दिइन् घुमाउराे प्रष्टीकरण


  • 516
    SHARES
  • २०७९ भाद्र १२ गते आइतबार

    बालेनको कदमबारे सुनिताले दिइन् घुमाउराे प्रष्टीकरण

    काठमाडौं । अनधिकृत संरचना हटाउने बालेनको कदमबारे काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रष्टीकरण दिएकी छिन् । सामाजिक सञ्जालमार्फत् उनले यस्तो प्रष्टीकरण दिएकी हुन् । 

    उनले यो अभियान काठमाडौं महानगरपालिकाको भएको र आफू काठमाडौं महानगरको उपमेयर भएकोले यसमा आफ्नो मेरो साथ, सहयोग र समर्थन रहेको बताएकी छिन् । उनलृ काठमाडौं महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने एजेण्डाप्रति आफू सजग र सचेत रहेको समेत बताएकी छिन् । 

    उनले पत्रकारिताको सिद्धान्त विपरित सञ्चारमाध्यममा समाचार प्रकाशन भएकोमा ध्यानाकर्षण गरेकी छिन् । आफ्नो बारेमा लेखिएको समाचार आफूसँग कुनै प्रतिक्रिया नै नलिइ एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण नगर्न समेत उनले अपिल गरेकी छिन् । 

    यसअघि बानेश्वर, काठमाडाैं मल ठाउँमा लगायतमा संरचना भत्काउँदा बालेनसँग डंगोल उपस्थित थिइनन् । अल्फाबिटा कम्प्लेक्समा जाँदा समेत डंगोलले पार्टीको काम छ भन्दै जान अस्वीकार गरेकी थिइन् । त्यसपछि उनी बालेनको कदममा असहमत भएको भन्ने हल्ला चलेको थियो । अहिले पनि उनले काठमाडाैं महानगरपालिकाको कदममा उपमेयरको हैसियतले समर्थन भएको भन्ने घुमाउरो जवाफ दिएकी हुन् । 


    images
    images

    Logo