images
images

काठमाडौंमा बिहानैदेखि वर्षा, यस्तो छ आगामी ३ दिनको मौसम


  • 667
    SHARES
  • २०७९ भाद्र १२ गते आइतबार

    काठमाडौंमा बिहानैदेखि वर्षा, यस्तो छ आगामी ३ दिनको मौसम

    काठमाडौं । आज बिहानदेखिनै काठमाडौंमा वर्षा भएको छ। जसकारण गर्मीको समयमा मानिसलाई हल्का राहत महसुस भएको छ।

    आज दिनभर देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    आज देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका  धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

    सोमवार देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। देशका  केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै मंगलवार देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। देशका  केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, लुम्बिनी , कर्णाली र सुदूर-पश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    राती स् देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। देशका  थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

     


    images
    images

    Logo