images
images

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ


  • 513
    SHARES
  • २०७९ भाद्र १० गते शुक्रबार

    क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना व्यक्ति  पक्राउ

    काठमाडौं। नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौँको भीमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवानलाई पक्राउ गरेको हो । 

    कार्यालयका सूचना अधिकृत दुर्गाराज रेग्मीले क्रोएसिया पुग्नका लागि प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्छ र तलब १ लाख रुपैयाँ हुन्छ भनी विभिन्न व्यक्तिसँग २ लाख  रुपैयाँ रकम लिएर सम्पर्कविहिन भएका देवानलाई काठमाडौँको कागेश्वर मनोहराबाट पक्राउ गरिएको जानकारी दिए ।

    वैदेशिक रोजगार विभागले ठगी गरी फरार देवानलाई पक्राउ गरी उपस्थित गराइदिनुहुन भनी पत्राचार गरेको आधारमा पक्राउ गरिएको हो । पक्राउ देवानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको सूचना अधिकृत रेग्मीले बताए। 


    images
    images

    Logo