images
images

महानगरले भत्काएपछि राहदानी विभागले होल्डिङ सेन्टरलाई बनायो पार्किङ

सेवाग्राहीलाई विभागको ५ बुँदे सूचना


  • 509
    SHARES
  • २०७९ भाद्र १० गते शुक्रबार

    महानगरले भत्काएपछि राहदानी विभागले होल्डिङ सेन्टरलाई बनायो पार्किङ

    काठमाडौं । पार्किङको लागि तोकिएको बेसमेन्टलाई होल्डिङ सेन्टर बनाएको भन्दै काठमाडौं महानगरपालिकाले संरचना भत्काइदिएपछि राहदानी विभागले सो क्षेत्रमा पार्किङ गर्ने भएको छ । आइतबारदेखि बेसमेन्टलाई पार्किङको रुपमा प्रयोग गरिने विभागले जनाएको छ । 

    होल्डिङ सेन्टर पार्किङ बन्ने भएपछि विभागले सेवाग्राहीलाई ५ बुँदे सूचना जारी गरेको छ । विभागले लाइभ इन्रोलमेन्ट सेन्टर राहदानी विभाग भएका सेवाग्राही मात्र आउन, तोकिएको स्थान र समयमा मात्रै सेवाग्राही उपस्थित हुन, सम्बन्धित आवेदक मात्र सेवाका लागि आउन तथा विभागमा अनावश्यक भिडभाड नगरिदिन आग्रह गरेको छ ।

    शुक्रबार मेयर बालेन्द्र शाहको नेतृत्वमा गएको महानगरपालिकाले विभागमा गएर बेसमेन्टमा रहेको संरचना खाली गरिदिएको थियो ।

    L8La0zOA.jpg


    images
    images

    Logo