काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध रुपमा बनाइएका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । बिहीबार निर्देशन दिएका विभिन्न ठाउँमा शुक्रबार डोजर चलाउने महानगरपालिकाले जनाएको छ ।
आज शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको अवैध संरचना र नबिल बैंकको न्युरोड शाखाको अवैध संरचना भत्काउने गरी कार्यतालिका बनेको महानगरपालिकाले जनाएको छ ।
बिहीबार काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह स्वयं नै पुगेर अवैध संरचना हटाउन आग्रह समेत गरेका थिए ।
महानगरपालिकाले बिहीबार मात्रै नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले अवैध रुपमा बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको थियो ।



