काठमाडौं । बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँ तथा तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार हुनेगरी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदी आज प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार हुनेछ । बिहीबार पनि सोही मूल्य कायम थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको कारोबार मूल्यका आधारमा महासंघले स्थानीय बजारमा मूल्य निर्धारण गर्दै आएको छ । अन्तराष्ट्रिय मूल्य, डलर र नेपाली रुपैयाँको बिनिमयदर, नेपालको भन्सारदर एवं व्यवसायीको नाफा समेत जोडेर यस्तो मूल्य निर्धारण गर्ने गरिएकाे छ ।