images
images

निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध उजुरी आह्वान


  • 384
    SHARES
  • २०७९ भाद्र १० गते शुक्रबार

    निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध उजुरी आह्वान

    काठमाण्डौ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध उजुरी आह्वान गरेको छ ।

    समितिले सूचना जारी गर्दै राणाविरुद्ध भएका प्रमाण, कागजात वा जानकारी भए ३ दिनभित्र उपलब्ध गराउन अनुरोध गरेको हो । भएका प्रमाण ३ दिनभित्र समितिमा पुग्नेगरी पठाउन समितिले आग्रह गरेको छ । 

    सूचनामा भनिएको छ–“महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्राकशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने’ निर्णय भएकाले त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले ३ दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ । ”

    जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको समितिले जानकारी माग गरेको हो । समिति गठन भएको करिब ६ महिनापछि सिंहदरबारमा भदौ ८ गते बसेको सो समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको थियो । 


    images
    images

    Logo