images
images

अल्फाविटा कम्प्लेक्सको भुइँतल्ला हटाउन पुग्याे महानगरकाे डोजर


  • 487
    SHARES
  • २०७९ भाद्र ९ गते बिहीबार

    अल्फाविटा कम्प्लेक्सको भुइँतल्ला हटाउन पुग्याे  महानगरकाे डोजर

    काठमाडौं । काठमाडौं महानगरापलिका मेयर बालेन्द्र शाहले अल्फाविटा कम्प्लेक्सको भुईं तल्ला खाली गराउनको लागि डोजर लगाउन थालेका छन्। मेयर शाहले अल्फाबिटाको भवनको भुईं तलामा मापदण्ड विपरित व्यवसाय सञ्चालन गरिएको भन्दै डोजर लगाएर हटाउन लागेका हुन् । 

    अहिले डोजरले अल्फा बिटाको भुईं तलामा रहेको अल्फा केयर फार्मेसी भत्काइरहेको छ । यस अघि काठमाडाै‌ नगरपालिकाका मेयर र अल्फाविटा कम्प्लेक्सको अध्यक्षसगँ भवनकाे नक्साकाे लागि विवाद भएकाे थियाे। त्यस विवाद पछि मेयर बालेनले  मेयर बालेनले नक्सा देखाउन माग गर्दै उल्टा उनलाई नक्सा महानगरसँग हुनुपर्ने तर्क गर्दै विवाद गरेका थियाे ।

    अल्फाविटा कम्प्लेक्सको अध्यक्षले कम्प्लेक्सकाे नक्सा महानगरापालिकामै भएकाे भनेपछि मेयरले अहिले  नक्सा र नगरप्रहरी लिएर अल्फाबिटा पुगेका छन् ।

    बुधबार महानगरले काठमाडौं मल, आरबि कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काइएका थिए। त्यस्तै अरू विभिन्न ठाउँमा पनि अवैध संरचना भत्काउन निर्देशन दिएका छन्।


    images
    images

    Logo