काठमाडौं । सहकारी विभागले सहकारी संस्थाको साधारणसभाको सन्दर्भमा नयाँ मार्गदर्शन जारी गरेको छ । विहीबार विभागले १२ बुँदे मार्गदर्शन जारी गरेको हो । मार्गदर्शन अनुसार सहकारी संघसंस्थाहरुलाई असोज मसान्तभित्र भएको ३ महिना भित्र सहकारी ऐन लेखापरीक्षण कार्य गर्न भनिएको छ ।
लेखापरिक्षक नियुक्ति र पारिश्रमिक सम्बन्धमा सहकारी ऐन २०७४ को दफा १ लाई पालना गर्न भनिएको छ । त्यस्तै, सहकारी संघ वा संस्थाले साधारणसभा सूचना जारी गर्दा साधारणसभाको मितिभन्दा ३० दिन पहिलै सदस्यहरुलाई सूचना जारी गर्न भनिएको छ ।
२ हजार अथवा सो भन्दा बढी भएको संघसंस्थाले साधारणसभा गर्दा सामान्य कार्यसूचीमा तोकिएको बमोजिम सदस्य संख्याको आधारमा स्थानीय तह वा त्यसका वडाहरुमा सञ्चालक सदस्यहरु पठाइ साधारणसभा गर्नका लागि सदस्य संख्या भन्दा एक जना बढी प्रतिनिधि सदस्यबाट समेत प्रमाणीत गराउने व्यवस्था मिलाउन भनिएको छ ।
त्यस्तै, सभा सकेको १५ दिन भित्र निर्णयको प्रमाणित प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन लगायत कागजात सम्बन्धित विभागमा अनिवार्य पेश गर्न समेत विभागले भनेको छ ।



