images
images

कार्यदललाई प्रतिवेदन पेश गर्न सत्ता गठबन्धनको निर्देशन


  • 343
    SHARES
  • २०७९ भाद्र ९ गते बिहीबार

    कार्यदललाई प्रतिवेदन पेश गर्न सत्ता गठबन्धनको निर्देशन

    काठमाडौं । सत्ता गठबन्धन दलका शीर्षनेताको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा  बसेकोे बैठकले आजै अपराह्न ४ बजे बस्ने बैठकमा एक सय ६५ निर्वाचन क्षेत्रको  तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको हो ।

    सत्ता गठबन्धन आबद्ध दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको खाका बनाउन कार्यदल गठन गरेका थिए । कार्यदलको संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला रहेका छन् भने गठबन्धनका शीर्षनेताको बैठक आजै अपराह्न पुनः बस्नेछ ।

    आगामी मङ्सिर ४ गते एकै चरणमा देशभर निर्वाचन हुँदैछ ।कार्यदलले ती निर्वाचन  क्षेत्रको विस्तृत प्रतिवेदन तयार गरी गठबन्धन बैठकमा पेश गर्ने बताइएको छ । 

    बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी रहेको थियो । 


    images
    images

    Logo