images
images

नबिल बैंकलाई बालेनले दिए यस्तो निर्देशन


  • 459
    SHARES
  • २०७९ भाद्र ९ गते बिहीबार

    नबिल बैंकलाई बालेनले दिए यस्तो निर्देशन

    काठमाडौं । काठमाडौ महानगरपालिकाले महानगरमा भएको अवैध संरचना तिव्र रुपमा हटाउदै गएको छ । यसैक्रममा महानगर प्रमुख बालेन शाहले नबिल बैंकले भवन निर्माणका क्रममा बनाएकोे अवैध संरचना पनि हटाउनका लागि बैंकलाई निर्देशन दिएका छन् । 

    शाहले नक्सा पास नभई अवैध रुपमा बनाएका संरचनाहरु भत्काउने क्रममा बुधवार न्युरोडमा भएको नबिल बैंकको पनि संरचना भत्काउनका लागि निर्देशन दिएका हुन् । सो बैंकले भवनको बेसमेन्टमा नक्सा विपरित संरचना बनाइएको पाइएपछि त्यस्ता अवैध  संरचना हटाउन निर्देशन दिएको हो । 

    महानगरले गत साउनमा नै त्यस्ता नक्सा पास नगरि कनाएका अवैध संरचनाहरु हटाउनका लागि ३५ दिने सुचना जारि गरेको थियो । सो समयभित्र कसैलेपनि कुनै प्रतिक्रिया नदिएपछि महानगरले आपैँ त्यस्ता संरचनामा डोजर लगाएर भत्काउन सुरु गरेको छ । 

    यसै क्रममा बुधवार महानगरले काठमाडौं महलमा खिचा पोखरीमा रहेको आरबी कम्प्लेक्समा टोजर लगाएर त्यस्ता संरतनाहरु भत्काएको छ । महागरले यसअघि काठमाडौंको बानेश्वरमा अन्डरग्राउण्ड पार्किङका लागि छुट्याएको जग्गामा राखिएका पसल पनि भत्काएको थियो ।

     

     

     


    images
    images

    Logo