काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपनिरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबारको निर्णय अनुसार १६ जना डीएसपीको काज सरुवा भएको हो ।
सरुवा सुचीअनुसार राजन लिम्बुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महासाखा टंगाल काजमा खटाइएको छ भने नवराज ढुङगानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महासाखा टंगालमा काज खटाइएको छ ।
त्यस्तै, रुपेश खड्कालाई नेपाल प्रहरी सिंहदरवार सुरक्षा गणमा पठाइएको छ भने अनन्त राम शर्मालाई लागु औषध नियन्त्रण ब्यरो, कोटेश्वरमा काजमा खटाइएको छ । दामोदर के.सीकालाई जिल्ला प्रहरी कार्यालय सल्यानमा काज खटाइएको छ भने सुस्मिता खड्का लगायतका १६ जना डीएसपीको काजमा खटाइएको छ ।
