images
images

अवैध संरचना भत्काएपछि २५ प्रतिशत पार्किङ समस्या समाधान हुने


  • 573
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

    अवैध संरचना भत्काएपछि २५ प्रतिशत पार्किङ समस्या समाधान हुने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरे पनि आजदेखि अवैध संरचना भत्काउन सुरु गरिएको हो । उक्त काम सुरु गरेसँगै आगामी दिनमा २५ प्रतिशत पार्किङको समस्या समाधान हुने काठमाडौँ महानगरपालिकाले विश्वास लिएको छ ।    

    काठमाडौँ महानगरपालिकाभित्र नक्सा पास नगरी वा पास गरिएको नक्साभन्दा विपरीत रहेर निर्माण गरिएको संरचना भत्काइएको काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनील लम्सालले जानकारी दिए । 

    सुन्धारास्थित काठमाडौँ मलको अनधिकृत रुपमा बनाइएको संरचनामा आज डोजर लगाएर भत्काएको छ । त्यसैगरी प्रमुख साहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ भने आज नै दरबार मार्गमा केही त्यस्ता संरचना भत्काइने कामपाले जानकारी दिएको छ । 

    त्यस्तै काठमाडौं महानगरपालिकाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पनि पत्राचार गरेको छ । यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै लम्सालले भने, “अब विगतमा झै मनोमानी चल्दैन यस कार्य नियमित रुपमा जानेछन् ।” 



    images
    images

    Logo