काठमाडौं । सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना काठमाडौं महानगरपालिकाले हटाएको छ । बुधबार महानगरले नक्सा पास नगरी अवैध रुपमा मलले बनाएका संरचना भत्काएको हो ।
उक्त संरचनामा पसलहरु रहेका थिए । ती पसल प्रहरीको सहयोगमा खाली गरेर डोजर चलाइएको हो ।
महागरले यसअघि काठमाडौंको बानेश्वरमा अन्डरग्राउण्ड पार्किङका लागि छुट्याएको जग्गामा राखिएका पसल पनि भत्काएको थियो ।