images
images

सुर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने


  • 472
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

    सुर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

    काठमाडौं ।  सुर्योदय वोमी लघुवित्तले ६२ हजार ९ सय ८७ कित्ता संस्थापक शेयर विक्रीमा गर्ने भएको छ । कम्पनीले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार ९ सय ८७ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो । 

    उक्त शेयर यस भन्दा पहिले संस्थापकहरुलाई विक्रीमा ल्याएको थियो । उक्त अवधिमा संस्थापक शेयर विक्री नभएकाले पुनः सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

    उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्पापिटल लिमिटेड, नागपोखरी, नक्साल काठमाडौं वा सूर्योदय वोमी लघुवित्तको केन्द्रिय कार्यालय बनेपा १३ साँगा, काभ्रपलाञ्चोकमा आईपुग्नेगरी निवेदन दिनुपर्नेछ ।


    images
    images

    Logo