images
images

समानुपातिक निर्वाचनतर्फ शुक्रबारबाट दल दर्ता हुने 


  • 409
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

    समानुपातिक निर्वाचनतर्फ शुक्रबारबाट दल दर्ता हुने 

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ । आयोगले बुधबार  सूचना जारी गर्दै भदौं १० गतेदेखि १२ गतेसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि निर्वाचनको आयोगको कार्यालयमा दल दर्ता गरिसक्नुपर्ने जनाएको छ । 

    प्रतिनिधि र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दल राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दर्ता भएको हुनुपर्ने आयोगले जनाएको छ । त्यस्तै, राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरी दिनुपर्नेछ । 

    एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रूपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिले र त्यस्ता दलहरूले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी निवेदन दिनुपर्ने आयोजले जारी गरेको सूचना उल्लेख छ । 

    आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आव्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।  


    images
    images

    Logo