काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्ले विभिन्न १४ वटा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले आर्थिक बर्षको २०७९/८० को लागि सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत निर्णय गरेको छ ।
त्यस्तै, देशको आर्थिक अवस्था खर्च बहस गर्ने सक्ने क्षमता समेतको आधारमा राष्ट्रसेवक कर्मचारी तथा श्रमिकहरुको न्युनतम तलव भत्ता, पारिश्रमिक एवंम सुविधा पुनरावलोकन गर्न आवश्यक गरि नेपाल सरकारलाई सिफारिस गर्ने पुर्व मुख्यसचिब लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलव सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।
विमानस्थलबाट मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा प्रस्थान गर्ने नदिने गरि नेपाल सरकार मन्त्रिपरिषद्को २०७८/१/१३ गतेको निर्णयलाई खारिज गर्ने निर्णय गरेको छ । सरकारले एकैपटक ३ वटा उच्चस्तरीय विदेश भ्रमणलाई स्वीकृत गरेको छ । बेलायतमा भदौ २२ देखि आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिएको छ ।
त्यस्तै, २० देखि २३ गतेसम्म हुने रसियामा हुने दोस्रो टाइगर फोरम सम्बन्धी कार्यक्रममा भाग लिन वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव प्रेम नारायण कँडेललाई स्वीकृति दिएको छ भने भदौ २३ देखि आइभरीकोस्टमा आयोजना हुने ‘ट्रान्फर्मिङ लिट्रेसी लर्निङ स्पेस’सम्बनधी कार्यक्रममा भाग लिन जाने शिक्षा विज्ञान तथा प्रविधि देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदीको भ्रमण पनि मन्त्रिपरिषदले स्वीकृत दिएको छ ।
सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव नारायण शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूदुरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापना गर्ने निर्णय गरेको छ ।



