images
images

एक साताको लागि प्रतिनिधि सभा बैठक स्थगित


  • 464
    SHARES
  • २०७९ भाद्र ७ गते मंगलबार

    एक साताको लागि प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभा बैठक एक साताको लागि स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै सभामुख समक्ष नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।

    प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहमा सभामुख अग्नि प्रसाद सापकोटाले एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् । आजको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् ।


    images
    images

    Logo