काठमाडौं । आज काठमाडौंको थापा गाउँमा नेपाल यातायात तोडफोड गरिएको छ ।
बन्दकर्ताहरुले अनामनगरबाट बानेश्वर जाँदै गरेको बा. ४ ख ९०८९ नम्बरको बस तोडफोड गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बन्दकर्ताले कोटेश्वरमा एउटा माइक्रो र एउटा बस पनि तोडफोड गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा बसको पछाडिको भागमा क्षति पुगेको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आयोजना गरेको हो