images
images

प्रयोजन विपरीतका बेसमेन्ट पार्किङका लागि खुल्ला गराउँदै महानगर


  • 428
    SHARES
  • २०७९ भाद्र ७ गते मंगलबार

    प्रयोजन विपरीतका बेसमेन्ट पार्किङका  लागि खुल्ला गराउँदै महानगर

    काठमाडौं ।  आफू बस्ने सहरको व्यवस्थापनमा जिम्मेवार बन्नका लागि काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले अनुरोध गरेका छन् । पार्किङ् प्रयोजन देखाएर महानगरबाट स्वीकृत भएका भवनको वेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला अर्कै कामका लागि सञ्चालन भएको विषय सुधारका लागि उनले यस्तो अनुरोध गरेका हुन् । महानगरले यसभन्दा पहिले ३५ दिने सुचना जारि गरेकाे थियाे । 

    बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्सा बमोजिम सञ्चालन गर्न महानगरले प्रकाशन गरेको ३५ दिने सार्वजनिक सूचनाको म्याद सकिएपछि भदौ ६ गते बानेश्वर क्षेत्रबाट कारवाही सुरु गरिएको छ । त्यस क्रममा प्रमुख शाह, महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरी, वडा १० का अध्यक्षसहित पदाधिकारीहरु बानेश्वर पुगेका थिए । 

    भवन मापदण्ड २०६४ अनुसार व्यवसायिक सार्वजनिक भवन (तारे होटल, सिनेमा हल, थियटर, व्यापारिक कम्प्लेक्स, नर्सिङ् होम, पोलिक्लिनिक, सरकारी अर्धसरकारी कार्यालय) का लागि जमिनको २० प्रतिशत भागमा पार्किङ्को व्यवस्था हुनुपर्छ । स्कूल, क्याम्पसजस्ता शैक्षिक संस्थाका लागि १५ प्रतिशत भाग छोड्नु पर्छ ।

    नक्सा स्वीकृत हुँदा यही मापदण्डका आधारमा भएको हो । सहरी सुव्यवस्था विभागका प्रमुख सुरज शाक्यकाअनुसार, मापदण्ड सम्बन्धित आफैँले पालना गर्नु पर्ने हो । नभएपछि कारवाहीमार्फत पालना गराउन थालिएको हो । 

     


    images
    images

    Logo