काठमाडौं । आज पनि सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।