images
images

नेपाल बन्द : १ टिपरमा आगजनी, कहाँ के भयो ?


  • 439
    SHARES
  • २०७९ भाद्र ७ गते मंगलबार

    नेपाल बन्द : १ टिपरमा आगजनी, कहाँ के भयो ?

    काठमाडौं । चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आवह्रान गरेको बन्दको प्रभाव उपत्यकामा सामान्य देखिएको छ । उपत्यकामा मंगलबार विहानैदेखि नीजि सवारी साधनहरु सञ्चालनमा थिए भने ८ बजेपछि सार्वजनिक यातायात पनि चल्न सुरु भएको छ ।
     
    अधिकांश पसलहरु पनि खुलेका छन्  

    यद्यपी बन्दकर्ताहले काठमाण्डौ लगायत देशका विभिन्न ठाउँमा सवारी साधन तोडफोड गरेका छन् । बिहानै कोटेश्वरमा बन्दको अवज्ञा गरेको भन्दै महानगर यातायातमा बन्दकर्ताहरुले तोडफोड गरेर भागेका थिए । अहिले चोकचोकमा प्रहरीहरु खटाइएको छ । काठमाण्डौबाट करिब 

    २ दर्जन बन्दकर्ता पक्राउ परेका छन् 

    कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

    दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको छ ।

    शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भष्टाचारकोविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले बन्दको आव्हान गरेको हो ।

     


    images
    images

    Logo