images
images

लघुबीमा कम्पनीलाई लाइसेन्स दिने बाटो खुल्यो, बीमा समितिद्धारा नयाँ निर्देशिका जारी


  • 509
    SHARES
  • २०७९ भाद्र ६ गते सोमबार

    लघुबीमा कम्पनीलाई लाइसेन्स दिने बाटो खुल्यो, बीमा समितिद्धारा नयाँ निर्देशिका जारी

    काठमाडौं ।  बीमा समितिले छुट्टै लघुबीमा कम्पनी दर्ताको लागि नयाँ निर्देशिका जारी गरेको छ । सोमबार बसेको समिति सञ्चालक समितिको बैंठकबाट पारित गरी नयाँ लघुबीमा निर्देशिका सार्वजनिक गरेको हो । 

    ३१ साउनमा बसेको समिति सञ्चालक समितिको बैठकले निर्देशिका स्वीकृत गरेको थियो । योसँग अब लघुबीमा कम्पनीलाई लाइसेन्स दिने बाटो खुलेको छ ।

    बीमा समितिले लघुबीमा कम्पनी दर्ता गर्नुपूर्व नै सहमति लिएर मात्रै दर्ता प्रक्रियामा जानसक्ने व्यवस्था निर्देशिका मार्फत गरेको छ । समितिले निर्देशिकामा आवश्यक चुक्ता पूँजी उल्लेख गरेका छैन ।लघु बीमा कम्पनीमा संस्थापक समूहको तर्फबाट कम्तीमा एकाउन्न प्रतिशत पूँजी लगानी भएको हुनुपर्नेछ । 

    बीमा समितिले जारी गरेको निर्देशिका अनुसार गरिब, न्यून आय भएका जनतालाई लक्षित भई लघुबीमा सेवा प्रवाह गर्ने लक्ष्य लिएर आउनेले मात्रै लघुबीमाको लाइसेन्स पाउने व्यवस्था उल्लेख छ । लघुबीमा कम्पनी संस्थापना गर्न कालोसूचिमा नपरेको, कालोसूचीमा परेको भए हटेको ३ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ ।


    images
    images

    Logo