काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि सहित ४ कम्युनिस्ट पार्टिले मंगलवार नेपाल बन्दको घोेषणा गरेका छन् । ४ कम्युनिस्ट पार्टिले नेकपा र एमाल सरकारे बिच भएको ३ बुँदे सहमति अबिलम्ब कार्यन्वयन र पक्रउ पुर्जी तत्काल खारेज राष्टघाती एमसीसी, एसपीपी सम्झौता, असमान सन्धि सम्झौता खारेज र मूल्य वृद्धि भष्टाचार नियन्त्रण गर्न माग गर्दै भोली नेपाल बन्दको घाेषणा गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टिका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टिका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टि, नेपालका महासचिव आहुती, नेकपा (माओवादी समाजवादी) का अध्३यक्ष कर्णजित बुढाथोकीले विज्ञप्ति जारी गर्दै सो निर्णय गरेका हुन् ।
४ कम्युनिस्ट पार्टिले बन्दको घोषणा गरेसँगै सबैंलाई यसका लागि सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।




