काठमाडाैं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको उप्रेतीलाई नियुक्त गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि डा. द्वारिका उप्रेती, निर्मलकुमार उप्रेती र युवराज बस्नेत सिफारिसमा परेका थिए । जसमध्ये आज बसेको मन्त्रिपरिषदले द्वारिका उप्रेतीलाई नियुक्त गरेको हो ।