काठमाडौं । सरकारले वरिष्ठ सहसचिव नारायण शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई सचिवमा बढुवा गरेको हो ।
सचिवमा बढुवा भएका दवाडीलाई सुदूरपश्चिम प्रदेशमा मुख्यसचिवका रुपमा खटाउने निर्णय भएको छ । सचिव बढुवा सिफारिस समितिले ३ जनाको नाम सिफारीस गरेको थियो उक्त नाम अनुसार आज मन्त्रिपरिषद्को बैठकले दुवाडीलाई सचिवमा नियुक्त गरेको हो ।
यस अघि सचिव बढुवा सिफारिस समितिले नारायण शर्मा दुवाडी, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो ।