काठमाडौं । अण्डरग्राउण्ड पार्किङ खुलाउनका लागि काठमाडौं महानगरपालिकाले बानेश्वर कम्प्लेक्सको संरचना भत्काएको छ । कम्प्लेक्सको अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर नगर प्रहरीले संरचना भत्काएको हो ।
महानगरले यसभन्दा अघि भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनमा नलगाउन व्यापारीहरुलाई आग्रह गर्दै ३५ दिने सूचना समेत जारी गरेको थियो ।
उक्त समय आइतवार सकिएपछि आज महानगर आफैँले कम्प्लेक्सको संरचना भत्काएको हो
यसरी पार्किङका लागि बनाइएको ठाउँलाई अन्य व्यापारीक रुपमा भाडामा लगाउने गरेकाले नागरिकहरुले सवारी साधानहरु सडकमै पार्किङ गरेर राखेका छन् । जसले गर्दा सडक अस्त व्यस्त भएको छ ।